डर्टमण्ड विजयी, सबैभन्दा कान्छा उमेरका खेलाडीको डेब्यु
काठमाडौं, एजेन्सी - जर्मन क्लब बोरुसिया डर्टमण्ड समूहको शीर्ष स्थानमा रहँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको समूह एफको अन्तिम खेलमा सेन्ट पिटर्सवर्गलाई २–१ ले पराजित गर्दै समूह विजेतको रुपमा डर्टमण्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।
जर्मन क्लब दोस्रो स्थानको लाजियोसंग तीन अंकको अग्रता सहित समूह विजेता बन्न सफल बनेको हो ।
सेबेस्टियन ड्रासीले घरेलु टोलीलाई अग्रता दिलाएपनि डर्टमण्डका लागि लुकाज पिस्जेसेक र एक्सल विटसेलले गोल गरेका थिए ।
बोरुसिया डर्टमण्डले १६ वर्ष १८ दिनको उमेरमा युसुफ मौकोकोलाई च्याम्पियन्स लिगमा डेब्यु गराएको थियो । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनी च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा उमेरका खेलाडी बनेका छन् ।
सोही समूहको अर्को खेलमा दोस्रो स्थानको लाजियोले क्लब ब्रुगिससंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । लाजियो यसअघिनै नकआउट चरणमा प्रवेश गरिसकेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस