गिरिको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित
खबर एक्सप्रेस
२०७९-०५-०५ ०२:१४ मा प्रकाशित
Total Shares: 323
काठमाडौं - नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गरेको छ । केन्द्रीय कार्यसमितिको आइतबार बिहान आकस्मिक रुपमा बसेको बैठकले शोक प्रस्ताव पारित गरेको हो ।
साथै कांग्रेसले गिरिको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएकाे छ । बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति निधन भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस