काठमाडौं - बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गतको उत्कृष्ट महिला खेलाडीको अवार्ड भलिबलकी अरुणा शाहीलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा जारी समारोहकाबीच राष्ट्रिय भलिबल टिमकी महत्वपूर्ण सदस्य शाहीलाई सो अवार्डबाट सम्मान गरिएको हो । 

अरुणाले क्रिकेटकी सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावललाई पछाडि पार्दै अवार्ड हात पारिन् । 

अरुणाकै कप्तानीमा नेपालले बंगलादेश सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनपिको उपाधि रक्षा गरेको थियो ।  अरुणाले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरेकी छन् ।