पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी पहिरोको जोखिम बढेसँगै पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण लगायत पानीजन्य रोगहरु बढ्न सक्ने भन्दै सचेत रहन सबैमा अपील गरेका छन् ।
‘बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाइसम्बन्धी समस्याहरु झनै बढ्नसक्ने तर्फ सबै सजग हुनु जरुरी देखिन्छ । उद्धार, राहत आदि कार्यहरुमा जुट्दा कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरी पालना गर्न गाउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस र वासको प्रवन्धसँगै, सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरुमा ध्यान दिन अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।
नस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालय र प्रदेशका सम्बन्धित निकायहरु मार्फत स्वास्थ्य आपतकालिन केन्द्रहरूले समन्वय गरिरहेको अधिकारीले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस