एयर इन्डिया विमान दुर्घटना : होस्टेलमा रहेका ४९ जनाको पनि मृत्यु
खबर एक्सप्रेस
२०८२-०३-०३ ०९:११ मा प्रकाशित
Total Shares: 6
काठमाडौं-भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा होस्टेलमा रहेका ४९ जनाको पनि मृत्यु भएको छ ।
योसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा २९० पुगेको छ ।
अहमदावादबाट लन्डन जाँदै गरेको विमान दुर्घटना हुँदा चिकित्सकहरूको एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो ।
एयर इन्डियाका अनुसार उक्त एयर इन्डिया फ्लाइट न. १७१ मा सवार २४२ यात्रुमध्ये २४१ जनाको दुर्घटनामा मृत्यु भएको छ ।
एकजना ब्रिटिश नागरिकमात्र बच्न सफल भएका छन् । मृतकको संख्या अझ बढ्नसक्ने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस