काठमाडौं - र्याप म्युजिक रियालिटी सोे ‘नेपहपको श्रीपेच' संचालन हुने भएको छ । युवा पुस्तामा लोकप्रिय र्याप म्युजिक रियालिटी सो नेपालमा पहिलो पटक हुन लागेकोे हो ।

डिसहोम र मिडिया एकेडेमीको सहकार्यमा हुन लागेको यस सोको भोटिङ पार्टनरको रूपमा आएमइ पे रहेको छ भने डिसहोम फाइबर नेट र आएमइ रेमिट सहयोगी प्रायोजकको भूमिकामा छन् । सोमा निर्णायकको रूपमा र्यापर बालेन शाह र गिरिस खतिवडासँग सम्झौता भएको छ । अर्को एक जना निर्णायकसँग पनि कुरा भइरहेको आयोजकले बताएको छ ।  उक्त निर्णायक को हुन्छ भनेर चाहिँ खुलाइएको छैन ।

आयोजकले नेपालका ठुला सहरहरूमा गएर पनि अडिसन लिने जानकारी गराएका छन । साथै सोमा सहभागी हुन चाहनेहरूले डिजिटल अडिसनबाट पनि भाग लिन सक्ने छन ।

उक्त रियालिटी सोको विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।