काठमाडौं - मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित भएको छ ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट आएको सन्देशसहित मतदाता नामावली पहिलो संशोधन विधेयकलाई बहुमतले पारित गरेको हो ।