आहा ! रारा गोल्ड कपः आयोजक टोलीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
काठमाडौं - सशस्त्र प्रहरीको एपिएफ क्लब मोफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा पुगेको छ ।
शनिबार पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली सहारा क्लबलाई १-०ले पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । एपीएफको जितमा आशिष लामाले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि ८७औं मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई जित दिलाए ।
प्रतियोगितामा सहारा र एपिएफसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु मनाङ मस्र्याङदी, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार, सङ्कटा क्लब, मच्छिन्द्र क्लब र एक विदेशी टोली अफ्रिकन रुट्स एसोएिसन (एआर)ले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस