काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
मंगलबार पोखरा रंगशालामा भएको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराउँदै सुखद् सुरुवात गरेको हो ।
नेपालको जितमा सरु भण्डारीले निर्णायक गोल गरिन् । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
दोस्रो हाफको अन्त्यतिर अनिता केसीको पासमा सरु भण्डारीले गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् ।

.gif)



