काठमाडौं - गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

जेनजी आन्दोलनमा शहीद भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै जेन जी युनाइटेड परिवर्तन समूहले काठमाडौंको माइतीघर मण्डलामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा शहीद परिवार, घाइतेलगायतको उपस्थिति थियो।