संसदीय समितिको भागबण्डामा सहमति
काठमाडौं-संसदीय समितिको भागबण्डामा सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संसदीय समितिको भागबण्डामा सहमति भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो। संघीय संसदका २ विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ।
संसदीय सुनुवाई समितिको भने सभापति कांग्रेसले भएको छ। १० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति पनि एमालेले पाउने सहमति भएको बताइएको छ।
त्यस्तै, संवैधानिक परिषद सम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस