काठमाडौं - आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रले ९० अर्ब ६९ करोड रुपैयाँ बजेट पाएको छ।

बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोनाका कारण स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए।

यो रकम चालु आर्थिक वर्षको तुलनामा झण्डै २२ अर्ब बढी हो। चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट ६८ अर्ब ७८ करोड रुपैयाँ थियो। कारोना भाइरसको महामारकिा कारण सरकारले उल्लेख्य रुपमा स्वास्थ्य क्षेत्रमा बजेट बढाएको हो।

अर्थमन्त्री खतिवडाले उपत्यकालगायत सबै प्रदेशमा कोरोना अस्पताल खेल्नेदेखि स्वास्थ्य उपचाललाई सर्वसुलभ बनाउन यो क्षेत्रमा बजेट बढाएको जानकारी दिए।