रसुवा - माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र शुक्रबार थप ५ वटा शव फेला परेका छन्। यससँगै एउटै सुरुङभित्र फेला परेका शवको संख्या १८ पुगेको छ ।

रसुका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार शुक्रबार दिउँसो १३ वटा शव फेला परेका थिए भने साँझ थप ५ वटा शव भेटिएका हुन्।

नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र निरन्तर खोजी गर्ने क्रममा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको हो।

दिउँसो फेला परेका १३ शव बाहिर निकालिसकिएको भए पनि साँझ भेटिएका थप ५ शव भने सुरुङबाहिर निकाल्न बाँकी रहेको अधिकारीले बताए।

उद्धार टोलीले सुरुङभित्र हराइरहेका व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।