काठमाडौं - नेपालको संविधानको स्मरणमा आज संविधान दिवस मनाइँदैछ ।
संविधान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान जारी भएको दिनको स्मरण गरिँदैछ। सरकारले काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्दैछ।
दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले लामो छलफल, बहस र विवादपछि २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो।
तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट संविधान जारी भएको घोषणा गरेका थिए।
संविधान जारी भएको दिनको स्मरणमा त्यसयता हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा मनाउँदै आइएको छ।
संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा परिभाषित गर्दै मौलिक हक, नागरिक स्वतन्त्रता, समानता, सामाजिक न्याय तथा समावेशी प्रतिनिधित्वलगायतका अधिकार सुनिश्चित गरेको छ।

.gif)


