आईसीसी टि-ट्वान्टी विश्वकप छनोट : ओमानको शानदार सुरुवात
एजेन्सी - आईसीसी टि-ट्वान्टी विश्वकप छनोटमा ओमानले सुखद् सुरुवात गरेको छ ।
शुक्रबार राती भएको खेलमा घरेलु टोली यूएईलाई ७ विकेटले पराजित गर्दै ओमानले विश्वकप छनोटको यात्रा सुरु गरेको हो ।
१ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको ओमानले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।ओमानको लागि अकीव इलियासले अविजित ४५ रन जोडे । अमिर कलिम २७,जेशन मक्सुद १६ र जितेन्द्र सिंहले १५ रनको योगदान दिए ।
यूएईका लागि अमिद राजा र जुनैद सिद्दीकीले समान १ विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङ थालेको यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सकेको थियो ।
यूएईका लागि ओपनर चिराग सुरीले १६,रोहन मुस्तफा २४,मुहम्मद उस्मान २७ र रमिज शहजादले १४ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।
यूएई लाई सस्तैमा समेट्न बिलाल खान र फयाज बट्टले समान ३ विकेट लिए । मोहम्मद नदीम र खवर अलीले १(१ विकेट लिए । यूएईले आजनै आयरल्यान्डसँग खेल्ने छ । ओमानले भने आइतबार हङकङसँग खेल्ने छ ।
फेसबुक पेज Like गर्नुहोस