भेन्टिलेटरमा उपचाररत ३१ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-०२ १०:४५ मा प्रकाशित
Total Shares: 315
चितवन - चितवनमा कोरोना संक्रमित अर्का मानिसको मृत्यु भएको छ । मेडिकल कलेजमा कोरोना संक्रमित एकजना युवकको मृत्यु भएको हो ।
कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका-११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार २६ गते कोरोना पुष्टि भएका उनको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको हो ।
उनको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
फेसबुक पेज Like गर्नुहोस