अस्तित्वमा नै नरहेको कम्पनीमा कामदार पठाइंदै
खबर एक्सप्रेस
२०७६-१०-२९ ११:०० मा प्रकाशित
Total Shares: 298
काठमाडौं - घानामा आकर्षक रोजगारीको लोभ देखाडँदै अस्तित्वमै नरहेको तेल कम्पनीमा १२ जना नेपालीलाई पढाउन लागेको भन्दै गैरआवासी नेपाली सड्घ (एनआरएनए) घानाले सरकारको ध्यानाकर्षण गराएको छ ।
काठमाडौंको गौशालामा रहेको सनराइज ह्युमन रिसेस प्रालिले अस्तित्वमै नरहेको अक्रोमेट आइल ९तेल० कम्पनीका नाममा आइतबार १२ जना नेपाली घाना जानबाट तत्काल रोक्न सङ्घले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।
सङ्घले वैदेशिक रोजगारी (म्यानपावर) कम्पनीले पठाउन लागेकाे तेल कम्पनी घानामा अस्तित्वमै नरहेको दावी गरेको छ ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस