बालुवाटारमा ओली-प्रचण्डसहित चार नेताबीच छलफल जारी
खबर एक्सप्रेस
२०७७-०४-१९ ११:०५ मा प्रकाशित
Total Shares: 395
काठमाडौं - बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयसहित चार नेताको छलफल जारी छ ।
पार्टीमा देखिएको विवाद समाधानका लागि सोमबार पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र सुवास नेम्वाङबीच केहिबेर देखि छलफल भैरहेको बालुवाटार स्रोतले बताएको छ ।
आइतबार पनि यी चारै नेताबीच छलफल भएको थियो । आइतबार छलफलपछि प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग खुमलटारमा ओलीसँग भएको कुराकानीबारे बिफ्रिङ गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस