बार्यनसँग घरेलु मैदानमै चेल्सी पराजित
काठमाडौं - च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन क्लब बार्यन म्युनिखले इङ्लिस क्लब चेल्सीमाथि सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा बार्यनले चेल्सीलाई ३–० गोल अन्तरले हराएको हो ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन सर्ज गन्ब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । खेलमा गन्ब्रीले ५१ औं मिनेटमा गोल गर्दै बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट लगत्तै गन्ब्रीले बार्यनको अग्रता दोब्बर बनाउने काम गरे ।
यस सिजन उत्कृष्ट फर्ममा रहेका रोबर्ट लेवान्डोस्कीले ७६ औ मिनेटमा गोल गर्दै बार्यनलाई सहज जित दिलाए । प्रियिमर लिगबिरुद्ध हाबी देखिदै आएको बार्यनले चेल्सीबिरुद्ध समेत शानदार जित निकाल्न सफल रह्यो । बार्यनले गत अक्टोबरमा समूह चरणको खेलमा प्रिमियर लिग क्लब टोटेनहमलाई घरेलु मैदानमा ७–२ ले हराएको थियो ।
फेसबुक पेज Like गर्नुहोस