हिमपातसहित हल्का वर्षाको सम्भावना
काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज शनिबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावसंगै दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।
हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।
जारी सूचनाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्कारबर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावनासमेत रहेको छ ।
यस्तै, राती प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस