प्रतिनिधिसभा बैठकमा अब एमाले र माओवादी केन्द्रका सांसदका लागि छुट्टाछुट्टै स्थान
काठमाडौं - पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन् ।
सर्वोच्च अदालतले केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएपछि नेकपा एमाले र माओवादी केन्द्र व्यूँतिएको थियो । मंगलबार निर्वाचन आयोगले पनि एमाले र माओवादी केन्द्र साविकको अवस्थामा कायम भएको भन्दै पत्र पठाएपछि प्रतिनिधिसभा बैठकमा पनि अलग-अलग स्थान तय गरिएको हो।
संसद् सचिवालयका अनुसार सत्तापक्षका लागि प्रतिनिधिसभामा चार वटा लहर छुट्याइएको छ। माओवादी केन्द्र सत्ता पक्ष नै भएकाले एमालेका सांसद बस्नेनजिकै अर्को छुट्टै स्थान व्यवस्था गरिएको छ । बैठक दिउँसो १ बजे बस्दैछ ।
फेसबुक पेज Like गर्नुहोस