नेपालमा आज कोरोना संक्रमणभन्दा निको हुनेको संख्या बढी, १९ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार २६६ र एन्टिजेन विधिबाट ४ हजार १७७ जनामा परिक्षण गर्दा १ हजार ५६२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७९ हजार ४९२ र एन्टिजेनबाट ८७ हजार ४१३ जना पुगेको छ ।
यस्तै, आज थप १५८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४२ हजार ३०६ जना पुगेको छ । निको हुनेको दर ९५.२ प्रतिशत छ ।
आज संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ९८४ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस