काठमाडौं - राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन भएका छन् ।

प्रधानमन्त्री एंवम् नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्याकुरेललाई दलको नेता चयन गरेका हुन् । 

यसअघि नेकपा एकै पार्टी हुँदा तत्कालीन माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा संसदीय दलका नेता थिए। दुई पार्टी अलग भएपछि एमाले संसदीय दलको नेता खाली थियो।

शुक्रवार बस्ने संसदीय दलको बैठकअघि नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्याकुरेललाई राष्ट्रिय सभामा दलको नेता बनाएका हुन् ।