काठमाडौं - पर्साको वीरगञ्जबाट प्रहरीले साढे २२ किलो अवैध सुन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मार्नेक्रममा उक्त परिमाणको सुन बरामद गरेको हो । प्रहरीले सुन बरामद गरेपनि पक्राउ भने कसैलाई गरेकाे छैन । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।