प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
खबर एक्सप्रेस
२०८१-११-२२ ०७:१३ मा प्रकाशित
Total Shares: 146
काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस