अधिकारका लागि महिलाहरुको लडाइ अझ सशक्त हुनुपर्छ : राष्ट्रपति
खबर एक्सप्रेस
२०७७-११-२४ ०९:४० मा प्रकाशित
Total Shares: 301
काठमाडौं - राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्न आवश्य रहेको बताएकी छिन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले अधिकारका लागि महिलाहरुको लडाइ अझ सशक्त हुनुपर्ने बताएकी हुन् ।
संसारभरका विभिन्न क्षेत्रमा काम गर्ने महिलाले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरुको स्मरण गर्दै महिला अधिकार र तथा लैंगिक समानताको पूर्ण प्राप्तिका लागि निरन्तर लागिपर्नुपर्ने बताइन्।
फेसबुक पेज Like गर्नुहोस