युभेन्टसको सहज जित
खबर एक्सप्रेस
२०७७-१२-३० १०:१७ मा प्रकाशित
Total Shares: 986
काठमाडौं - इटालियन सिरी ‘ए’मा युभेन्टसले सहज जित हात पारेको छ । गएराति भएको खेलमा युभेन्टसले जिनोआमाथि ३–१ को जित निकालेको हो ।
खेलको चौथो मिनेटमा डिजान कुलुसेभ्स्कीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । २२औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । त्यसपछि ४९औं मिनेटमा जियान लुकाले गोल गर्दै जिनोआलाई खेलमा फर्काउने कोसिस गरेपनि ७०औं मिनेटमा वेस्टन म्याकिन्नीले गोल गर्दै युभेन्टसलाई ३–१ को सहज जित दिलाए ।
जितसँगै युभेन्टस तेस्रो स्थानमा उक्लन सफल भएको छ । युभेन्टसले ३० खेलबाट ६२ अंक जोडेको छ । पराजित जिनोआ ३२ अंकसहित १३औँ स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस