काठमाडौं, एजेन्सी - म्यान्चेष्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा पीएसजी युनाईटेडसँग २–१ गोल अन्तरले हारेको हो ।

खेलमा नयाँ कप्तानको रुपमा ब्रुनो फर्नान्डेजले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए । एन्थोनी मार्टियलले ५५ औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी खेलमा फर्किएको थियो ।

खेल सकिन ३ मिनेट बाँकी छदाँ पाउल पोग्बाको पासमा रासफार्डले गोल गरेपछि पीएसजी स्तब्ध बनेको हो ।

 १८ महिना अघिमात्र रासफोर्डकै गोलमा पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

पीएसजीका नेयमार र केलियन एम्बाप्पेको उत्कृष्ट प्रहार युनाईटेडका गोलकिपरले बचाउ गरे । समूह एको युनाईटेडले पहिलो खेलमै ३ अंक बटुलेको छ ।