बराबरीमा रोकियो युभेन्ट्स
खबर एक्सप्रेस
२०७७-०७-२४ ०७:४३ मा प्रकाशित
Total Shares: 423
काठमाडौं,एजेन्सी - इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा युभेन्ट्स लाजियोसँग १-१ गोलको बराबरीमा रोकिएको हो । लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिएको हो ।
पहिलो हाफको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले जुवानको पासमा गोल गरेका थिए ।
तर, खेलको इन्जुरी समयमा फिलिपे सियासेडोले गोल गर्दै लाजियोलाई हारबाट जोगाए ।
बराबरीसँगै तेस्रो स्थानको युभेन्ट्सले ७ खेलमा १३ अंक जोडेको छ । युभेन्ट्स लिग लिडर एसी मिलान भन्दा ३ अंकले पछि रहेको छ ।लाजियो ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस