बायर्नले जित्यो जर्मन सुपर कपको उपाधि
काठमाडौं, एजेन्सी - बायर्न म्युनिखले जर्मन सुपर कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।
बायर्नलाई उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले एक-एक गोल गरे । डर्टमण्डका जुलियन ब्रान्ड र एर्लिङ हालान्डले एक-एक गोल फर्काए ।
खेलमा १८ औं मिनेटमा टोलिसोले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । खेलको ३२ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
खेलको ३९ औं मिनेटमा डर्टमण्डका ब्रान्डले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । ५५ औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमण्डलाई २-२ गोलको बराबरीमा ल्याए ।
तर, खेलको ८२ औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई ३-२ जित दिलाए । यससँगै बायर्नले सिजनको पहिलो उपाधि जितेको छ । यस्तै बायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस