काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय  बैठक सुरु भएको छ । अपराह्न ४ बजेका लागि बैठक बोलाइएपनि केहीबेर अघिबाट मात्र बैठक सुरु भएको हो ।

शितलनिवासमा बसिरहेको बैठकमा राष्ट्रपति भण्डारी,  प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत उपस्थित रहेको स्रोतले बतायो । 

बैठकमा राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि उपस्थित रहेका छन्। तर, पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई बैठकमा भने अनुपस्थित भएका छन् । 

राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्रीहरूलाई सर्वदलीय बैठकमा बोलाएकी थिइन्। प्रतिनिधिसभामा एमाले, काँग्रेस, माओवादी केन्द्रसहित जसपा, जनमोर्चा, मजदुर किसान पार्टी र राप्रपाको प्रतिनिधित्व रहेको छ ।