काठमाडौं - पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको सम्पत्ति छानबिन गर्न राज्यव्यवस्था तथा सुशासन समितिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन दिने भएको छ ।

सांसदहरूबीच पूर्वसेनापति क्षेत्रीविरुद्ध परेको उजुरी सम्पत्ति शुद्धिकरण विभागमा पठाउने सहमति भएको सांसद रेखा शर्माले बताइन् ।

क्षेत्रीले प्रधानसेनापति हुँदा अकुत सम्पत्ति आर्जन गरेको र भ्रष्टाचार गरेको भन्दै राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो ।

नेपाली सेनामाकार्यरत व्यक्तिहरूले संसदीय समितिमा क्षेत्रीविरुद्ध भाद्र महिनामा उजुरी दिएकाथिए । त्यो र अन्य उजुरीहरूमाथि राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य रेखाशर्मा, नवराज सिलवाल रदिलेन्द्रप्रसाद बडूले छानबिन गरेर बिहीबार प्रतिवेदन बुझाएका थिए ।

शुक्रबार बसेको समितिको बैठकले क्षेत्रीविरुद्धको उजुरी ती दुई निकायमापठाउने निर्णय भएको सांसद शर्माले बताइन् । 'पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीविरुद्ध परेकोउजुरी छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोगअनुसन्धान आयोगलाई पठाउने भन्ने कुरामा सहमति भयो,' उनले भनिन् ।

अख्तियारले सेनामा भएका अनियमितताको छानबिन नगर्ने भएकाले पूर्व पदाधिकारी भएको नाताले हेर्नसक्ने शर्माको भनाइ थियो । 

कान्तिपुरबाट