काठमाडौं,एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले मेट्जलाई उसकै मैदानमा ३-१ ले पराजित गरेको हो । 

खेलको चौथो मिनेटमा नै केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ४६ औं मिनेटमा मेट्जका फाबियन सेन्टोन्जेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । ५९औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । त्यसपछि ८९औं मिनेटमा मोउरो इकार्डीले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई ३-०को जित दिलाए । 

जितसँगै शीर्षस्थानमा उक्लिएको पीएसजीले ३३ खेलबाट ७२ अंक जोडेको छ । एक खेल कम खेलेको लिलको ७० अंक छ । पराजित मेट्ज ४३ अंकसहित १०औं स्थानमा छ ।