स्रोत नखुलेको ३९ लाख नगदसहित काठमाडौंबाट एक जना पक्राउ
खबर एक्सप्रेस
२०८१-१०-१४ ०१:३१ मा प्रकाशित
Total Shares: 162
काठमाडौं - प्रहरीले स्रोत नखुलेको ३९ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन् ।
उनलाई लाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कार्यालयको इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको थियो।
यस सम्बन्धमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस