काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ हजार ६९८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ ।