काठमाडौं - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलेविपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले विसं.१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा मंगलबार न्युरोडमा आयोजना गरेको स्मृति सभामा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले त्यसका लागि मुलुककै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले पहल लिनुपर्ने बताए । अन्य स्थानीय पालिकाहरुका लागि समेत अनुकरणीय हुने गरी स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई उनले आग्रह गरे ।