काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ४२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४४ हजार ७४३ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९५ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ ।