काठमाडौं,एजेन्सी - सपुरस्टार अक्षय कुमार अभिनित प्रतिक्षीत बलिउड फिल्म ‘सूर्यवंशी’ को रिलिज फेरि पोस्टपोन्ड भएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भई दैनिक उच्च संख्यामा संक्रमित थपिन थालेपछि निर्माण टिमले फिल्मको रिलिज अनिश्चितकालका लागि स्थगन गर्ने निर्णय गरेको हो । 

रोहित शेट्टी निर्मित तथा निर्देशित यो फिल्म ३० अप्रिल (बैशाख १७) मा रिलिज हुने तयारीमा थियो । यसअघि पनि कोरोनाकै कारण फिल्मको रिलिज रोकिएको थियो ।

संक्रमण बढ्न थालेपछि मुम्बईमा रात्रिकालिन कर्फ्यू लगाइएको छ भने विकेन्डमा लकडाउन घोषणा गरिएको छ । जसले गर्दा प्रदर्शनको तयारीमा रहेका प्रायः फिल्मको रिलिज स्थगन भएको छ । यसअघि कोरोनाका कारण ‘चेहरे’ र ‘बन्टी और बब्ली २’ ले रिलिज पोस्टपोन्ड गरेका थिए । अब सलमान खानको ‘राधे’ र कंगना रनावतको ‘थलाइवी’ को रिलिज पनि पोस्टपोन्ड हुने सम्भावना बढेको छ ।

‘सूर्यवंशी’मा अक्षयको अपोजिटमा कैटरीना कैफ रहेकी छन् भने फिल्ममा अजय देवगन र रणवीर सिंहलाई पनि गेस्ट रोलमा देखाइनेछ ।