एजेन्सी - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मर्जसँग डाउनिङ स्ट्रिटमा वार्ता गरेका छन् ।

उनीहरुबीच सोमबार बेलायतमा भेटवार्ता भएको हो । उनीहरूले गत हप्ता फ्लोरिडामा युक्रेनी र अमेरिकी अधिकारीहरूबीच वार्ताका क्रममा तयार पारिएको युक्रेन शान्ति योजनाबारे छलफल गरेको बीबीसीले जनाएको छ।

स्टारमरले भने, ‘हामी युक्रेनको साथमा उभिन्छौँ। यदि युद्धविराम हुन्छ भने यो दीर्घकालीन युद्धविराम हुनुपर्छ।’

जेलेन्स्कीले युक्रेन(रुस युद्ध अन्त्य गर्न वार्ता गर्दा युरोप, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच एकता आवश्यक रहेको बताए।