प्रदेश सरकारको नेतृत्वमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं-प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू सहमति जुटाउन छलफल गर्दैछन् । सबै प्रदेशको भागबण्डा मिलाउने गरी सत्ता गठबन्धनका नेताहरूले छलफल गर्न लागेका हुन् ।
शनिबार न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन कार्यदलले शीर्ष तहमा बुझाएको थियो । त्यसपछि नेताहरू छलफलमा जुटेका थिए ।
यसैबीच, प्रदेश नम्बर १ मा आइतबार सरकार गठनको अन्तिम दिन रहेको छ । ५ बजे बस्ने सत्ता गठबन्धनको बैठकमा प्रदेशहरूको भागबण्डा र सरकारले लिने विश्वासको मत लगायतका विषयमा छलफल हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।
प्रदेश १ र गण्डकी एमालेले पाउने निश्चित हुँदा कर्णाली र सुदूरपश्चिममा माओवादीको दाबी छ । यद्यपि, सुदूरपश्चिममा नागरिक उन्मुक्तिले पनि आफ्नो दाबी गरिरहेको छ ।
मधेश प्रदेशमा जनमत पार्टी र जनता समाजवादी पार्टीको दाबी छ । जसमा दुबै दललाई आधा आधा कार्यदल सरकारको नेतृत्व दिने गरी सहमति जुटाउने प्रयास भइरहेको छ । एमालेले थप दुई प्रदेश पाउने लगभग निश्चित छ । सातवटै प्रदेशमा प्याकेजमा सहमति खोज्ने प्रयास आजको बैठकमा हुने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस