काठमाडौं - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले  पद तथा गोपनियताको शपथ लिएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ गराएका हुन् । 

यस्तै उपाध्यक्ष पौडेलले सदस्यहरू रामकुमार फुँयाल र दिलबहादुर गुरूङलाई शपथ गराएका छन् ।

शपथ समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलगायत मन्त्रीहरू सहभागी थिए ।

मंगलवारको मन्त्रिपरिषदको बैठकल पौडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।