काठमाडौं -  कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहिन रहेको विज्ञ चिकित्सकहरुले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन् । 

परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपन ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन् । 

यसको सट्टा गर्भवतीले कोभिड १९ विरुद्धको खोप लगाउँन पाउँदैनन् । कुनै पनि महिलाले पहिलो डोज खोप लिएको दोस्रो डोज लिनुअघि नै गर्भवती बनेमा दोस्रो डोजबाट बञ्चित हुने हुनाले नलगाउन सुझाएको हो । 

 नागरिक दैनिकबाट