नेसन्स लिग फुटबल: जर्मनीको पुनरागमन जित
काठमाडौं,एजेन्सी - जर्मनीले नेसन्स लिग फुटबलमा पुनरागमन जित निकालेको छ ।
समूह चरण अन्तर्गत गएराति भएको खेलमा जर्मनीले युक्रेनमाथि ३–१ को पुनरागमन जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको जितका लागि टिमो वेरनरले दुई गोल गरेका थिए । त्यस्तै लेरोय सानेले एक गोल गरे ।
युक्रेनका लागि रोमन यारेम्चुकले एक गोल फर्काए । खेलको १२ औं मिनेटमा रोमनले गोल गर्दै पाहुना टोली युक्रेनलाई अग्रता दिलाएका थिए ।
तर, खेलको २३ औं मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो । जर्मनीका लागि सानेले गोरेट्ज्काको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका हुन् ।
३३ औं मिनेटमा वेरनरले गोल गरे । उनले गोरेट्ज्काको पासमा गोल गर्दै जर्मनीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ६४ औं मिनेटमा वेरनरले व्यक्तिगत दोस्रो गोल गरे ।
जितसँगै समूह डीमा रहेको जर्मनी समूहको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेल खेलेको जर्मनी दुई खेलमा जित र तीन खेल बराबरी खेल्दै ९ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । पराजित युक्रेन भने समान खेलबाट ६ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस