प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको सर्जिकल भवनकाे उद्घाटन
खबर एक्सप्रेस
२०७८-०३-२७ ०९:४० मा प्रकाशित
Total Shares: 197
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नव निर्मित सर्जिकल भवनको उद्घाटन गरेका छन् । आइतबार बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गरेका हुन् ।
२०७४ सालमा प्रधानमन्त्री ओलीबाट नै शिलान्यास भएको उक्त सर्जिकल भवनको शर्मा निर्माण कम्पनीले निर्माण गरेको थियो । भवनमा यसअघिदेखि नै कोरोना संक्रमितको उपचार भइसकेको छ।
फेसबुक पेज Like गर्नुहोस