काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन्। आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकार्पण गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले नेकपा विभाजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै विभाजनका कारणहरूको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने जिकिर गरे। उनले पार्टी किन विभाजनसम्म पुग्यो? कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो? भन्ने कुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको बताए। उनले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परिचालित के थियो? त्यसको विश्लेषण जरुरी रहेको उनको भनाई छ।

‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन। त्यसका पछाडिका कारणहरू के थिए। उद्देश्यहरू के थिए। किन विभाजन भयो? किन गरियो? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो? यी कुराहरू अलिकति आउनुपर्छ,’ ओलीले भने।