सामाजिक सञ्जाल ताताउँने विष्णु रिमालको ट्वीट
काठमाडौं - प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गरेको ट्वीटले अहिले सामाजिक सञ्जाल तताएको छ ।
रिमालले आइतवार विहानै एक ट्वीट गर्दै छौंडाहरु आफैं चल्मलाएका हुन् कि कसैले छोडेका भनेर प्रश्न गरेका थिए । कवितात्मक शैलीमा रिमालले गरेको ट्वीटमा यस्ता शब्द प्रयोग भएका छन्,
‘भनिन्छ, छौडाहरु आफैं चलमलाउँदैनन्,
कसैले छोड्छन्,
दुःख दिन्छन् !
यी छौंडाहरु आफैं चल्मलाएका हुन् कि
कसैले छोडेका ?’
कसलाई इग्गिंत नगरिए पनि उनका यी भनाईले प्रष्ट बुझिन्छ कि पछिल्ला दिनमा सरकारको एकपछि अर्को कदमको आलोचना भइरहेको छ । उनले तिनै आलोचकहरुप्रति यो कटाक्ष गरेका हुन् ।
तर उनले चयन गरेको शब्दप्रति भने उनकै पार्टीका नेता कार्यकर्तादेखि आममानिसले आपत्ति जनाएका छन् ।
उनले लेखेका यी शब्दको अर्थ लगाउने हो भने, छौंडा शब्दले राम्रो अर्थ राख्दैन । नेपाली शब्द कोष पल्टाएर हेर्ने हो भने छौंडाको अर्थ हुन्छः १,बालक, शिशु, बच्चा, २. छोरो , ३. दाशपुत्र, ४. लोकधारणा अनुसार बोक्सी विद्या सिकेकी आईमाईले मानिसलाई पिराउनका लागि घर घर चियो चर्चो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो ।
फेसबुक पेज Like गर्नुहोस