इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सी विजयी
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लबहरु लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २-० अन्तरले हरायो ।
पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औं मिनेटमा रोबर्टसनले गोल गर्दै अग्रता दिलाए । ८५औं मिनेटमा ओरिगीले गोल गर्दै सहज जित दिलाए ।
जितसँगै लिभरपुलले ३३ खेलबाट ७९ अंक जोडेको छ र शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी एक अंकमा झारेको छ । ३२ खेलबाट २९ अंक जोडेर रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।
साथै, अर्को खेलमा चेल्सीले वेस्ट ह्याम युनाईटेडलाई १-० अन्तरले पराजित गर्याे । चेल्सीको जितमा क्रिस्टियन पुलिसिचले खेलको ९०औं मिनेटमा गोल गरे । क्रेग डसनले रातो कार्ड पाएपछि वेस्ट ह्याम ८६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै चेल्सी ३२ खेलमा ६५ अंक जोडेर तेस्रो स्थानमा छ । वेस्ट ह्याम ५२ अंक जोडेर सातौं स्थानमा छ ।आइतबारको अन्य खेलमा बर्नलीले उल्भ्सलाई १-० ले हरायो । ब्राइटन र साउथह्याम्पटनले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस