एनसेल अडियो क्लास
काठमाडौ - एनसेल कम्पनी अजियाटाले ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ । जसअन्तर्गत एनसेलको सिम भएका विद्यार्थीले आवश्यकता अनुसार विभिन्न विषय अडियो मार्फत पढ्न सक्ने छन ।
विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठ मोबाइलबाटै सुन्दै सिक्न सक्ने कम्पनीको भनाइ छ । इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यो सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत ल्याएको हो ।
यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गरेर अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य लिएको छ । पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्क मार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने पनि एनसेल अजियाटाले जनाएको छ ।
यो सेवाले ग्राहक तथा विद्यार्थीहरुलाई शिक्षाको लागि विषेश महत्व राख्ने र विविध अवरोधका वाबजुत सजिलै सिक्न मद्दत पु¥याउने विश्वास एनसेलले लिएको छ । पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रम उपलब्ध रहेका छन ।
कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राखेर चरणबद्घ रुपमा अरु कक्षाको लागि थप पाठ्यक्रमहरु समावेश गरिने कम्पनीले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस