काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अडानले आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने चनिएको उक्त बैठक दिउँसो २ बजेका लागि सारिएको थियो ।

तर, कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै उक्त माग पूरा नभएसम्म बैठक अवरोध गर्ने अडान लिएपछि दिउँसो २ बजेका लागि सारिएको बैठक पनि राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा बस्दै नबसेर सूचना टाँसेरै स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजे बोलाइएको छ । बिहीबारको बैठकमा पनि सोही माग राख्दै कांग्रेसले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको थियो । कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए।