युकेको सिफ्ट सर्भिस र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता
काठमाडौं - इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढि देशहरूबाट सहजै इसेवामा रेमिट्यान्स् पठाउन सकिन्छ ।
विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् ।
नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ । साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।
सिफ्ट युकेमा अवस्थित् अन्तराष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी हो, जसले विश्वभर सजिलो, सुरक्षित् र किफायति तरिकाबाट रेमिट्यान्स् सेवा दिँदै आएको छ । सिफ्टले समय र दुरिको अवरोधबालाई पार गराइ द्रुत रेमिट्यान्स् सेवामार्फत् विश्वभरका मानिसहरूको आवश्यकता पुरा गर्दै आएको छ ।
सिफ्टसँग ६ महाद्धिपका २ लाख ५० हजार भन्दा बढि स्थानहरूमा नेटवर्क सञ्जाल छ । एशिया, युरोप, अफ्किा,अस्ट्रेलिया,दक्षिण र उत्तर अमेरिका लगायतका विश्वका धेरै बैंक र एक्स्चेञ्ज कार्यालयहरूबाट विप्रेषण पठाउने र भुक्तानीको सेवा दिँदै आएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस